फिटनेस ब्यान्डको चौथो संस्करण मी ब्यान्ड ४ सार्वजनिक

183

एजेन्सी / चिनियाँ कम्पनी साओमीले फिटनेस ब्यान्डको चौथो संस्करण मी ब्यान्ड ४ सार्वजनिक गरेको छ । कम्पनीले हालै घरेलु उपभोक्तालाई लक्षित गरि सार्वजनिक गरेको नयाँ फिटनेस ट्रयाकरको मुख्य विशेषता भनेको कलरफुल डिस्प्ले र भ्वाइस कमान्ड सपोर्ट रहेको छ ।

साओमी एमआई ब्याण्ड ४ मा १२० गुणा २४० पिक्सेल रिज्योलुसनको ९.९५ इन्चको कलर एमोलेड २.५ डी डिस्प्ले राखिएको छ । यसअघिका भर्सनमा नभएको एसआर सपोर्ट फिचर पनि ब्यान्ड ४ मा छ । यसमा जडित सिक्स एक्सिस एस्सेलेमीटर सेन्सरले पौडी, साइक्लिङ, रनिङ, वाकिङ र नियमित एक्सरसाइजहरुलाई मनिटरिङ गर्ने कम्पनीले जनाएको छ । यो ब्यान्डलाई सामसङको गियर फिट टु प्रो र फिटबिटको चार्ज ३ सँग तुलना गरेर हेरिएको छ । यी दुईको तुलनामा एमआइ ब्यान्ड ४ सस्तो पर्नेछ ।

हाललाई चीनमा मात्र उपलब्ध ब्यान्ड विभिन्न भेरियन्टमा सार्वजनिक गरेको हो । जसअनुसार सबैभन्दा सस्तो मोडेलको मूल्य १६९ चिनियाँ यूआन अर्थात् २५ अमेरिकी डलर रहेको छ । एनएफसी भेरिएन्टको मूल्य २२९ यूआन अर्थात् ३३ डलर पर्नेछ । तेस्रो भेरियन्ट स्पेसन एभेन्जर्स सिरिज लिमिटेड अडिसन हो, जसको मूल्य जसको मूल्य २४९ यूआन अर्थात् ४४ डलर पर्नेछ । चीनमा १६ जूनदेखि उपलब्ध हुने बताइएको यी उत्पादनले अलिबाबा र अलिपेसमेत सपोर्ट गर्दछन् । विश्वबजारमा भने कहिले उपलब्ध हुन्छ भन्ने कम्पनीले खुलाएको छैन ।

साओमीको नयाँ ब्याण्डको डिस्प्लेमा फाइण्ड स्मार्टफोन तथा म्यूजिक ट्रयाक चेन्जको वट ट्याप फीचर समेत रहेको छ । कम्पनीका अनुसार नयाँ फिट्नेट ब्याण्ड ५ एटिएम रेटिंगका साथ ल्याइइनेछ । जसले विभिन्न स्वीमिंग एक्टिभिटीलाई पनि पत्ता लगाउन सक्छ । यो ब्याण्डले पेमेन्ट मोड पनि सपोर्ट गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here