काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा गल्ती भए सच्याउने प्रतिवद्धता जनाएका छन् ।
युरोप भ्रमण पूरा गरेर आज स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले त्यसलाई सच्याउने जनाए ।
उनले भने, सरकार बनेको जनताको मन दुखाउन होइन, जनतालाई सधैँ हँसाउन हो । उनले गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था रहेकाले त्यसलाई सम्बोधन गर्न सरकारले विधेयक अघि बढाएको प्रष्ट पारे ।


















