काठमाडौं / नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकको रुपमा फुलमाया घिसिङ प्रहरी निरीक्षक बनेकी छन् । काठमाडौं जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ३ धनमनामा जन्मिएका नेपाल प्रहरीको सहायकप्रहरी निरीक्षक फुलमाया घिसिङ प्रहरी निरीक्षक बनेकी छन् ।
२०६९ साल भदौमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकको रुपमा प्रवेश गरेकी घिसिङ हालै मात्रै प्रहरी निरीक्षक बनेकी हुन् । उनको दरबन्दी प्रहरीकेन्द्रीयकार्यालयमा तोकिएको छ । २०४६ साल भदौ १५ गते बुवा गणेशमान घिसिङ र आमा मकुमाया घिसिङ कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी घिसिङले अंग्रेजी विषयमा मास्टरडिग्री गर्नुका साथै कानुनमा स्नात्तक उतीर्ण गरेकी छन् ।
नेपाल प्रहरीको सेवामा प्र्रवेश गर्नुअघि उनी अध्यापन पेशामा थिइन् । कालीदेवी आधारभूत विद्यालयमा अध्यापन पेशामा कार्यरत उनले त्यहाँ ५ वर्ष अध्यापन गरिन् । त्यसपछि २२ वर्षको उमेरबाट उनी नेपाल प्रहरीमा सेवामा प्रवेश गरेकी हुन् ।
स्थानीय जनता प्राथमिक विद्यालय र कालीदेवी प्राविबाट प्राथमिक शिक्षा लिएकी उनले बालविकास माध्यमिक विद्यालयबाट निम्न माध्यमिक तह र जनविकास माध्यमिक विद्यालय ताल्ढुंगाबाट माध्यमिक तहसम्मको शिक्षा लिइन् । र उनले २०६२ सालमा जनविकासबाट एसएलसी परीक्षा दिएकी हुन् ।प्रहरी सेवामार्फत जनताको सेवामा समर्पित हुन् उनको बाल्यकालदेखिकै रुचि हो । उनी भन्छन्, ‘सानैदेखि प्रहरी सेवामार्फत जनमुखी काम गर्ने मेरो रुचि र उद्देश्य दुवै थियो, म त्यही उद्देश्यअनुरुप प्रहरी सेवामा प्रवेश गरेकी हुँ’आफू प्रहरी सेवामा प्रवेश गर्ने प्रेरणा भने दाई दावा
दाई दावाको बारम्बारको प्रेरणाका कारण आफू प्रहरी सेवामा उद्देश्य अनुसार प्रवेश गर्न सफल भएको उनको भनाई छ ।महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेल, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय भक्तपुरमा सहायक प्रहरी निरीक्षकको रुपमा काम गर्दै अनुभव हासिल गरेकी उनी हाल प्रहरी निरीक्षकको रुपमा प्रहरी हेडक्वार्टर प्रवेश गरेकी छिन् ।
प्रहरीमाथिको आरोप र आक्षेपहरु निर्मुल गर्दै नेपाल प्रहरीलाई जनमुखी सेवातिर अग्रसर गराउनका निम्ति आफू निरन्तर लागि पर्ने उनको प्रतिबद्धता छ ।
प्रहरी निरीक्षक बनेसँगै आफूलाई गर्व लाग्नुका साथै जिम्मेवारी बढेको महसुस भएको बताउने उनै घिसिङ परिस्थितीले आफू जहाँ पु¥याए पनि खुसी रहने जनाउँछिन् ।


















