गुठी विधेयकले क्यान्सरको रूप लिनसक्छ: सांसद परियार

173

काठमाडौं– कांग्रेसकी सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले नेपाल र नेपालीको संस्कृति र सभ्यतामाथि प्रहार गरेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद परियारले सरकारले किसानको नाममा धर्म, संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको आरोप लगाइन्।

उनले सरकारले गुठी विधेयकका सवालमा आफ्नो शक्ति देखाउने प्रयत्न गरे सरकार स्वयमलाई त्यसले नोक्सानी पुर्‍याउने चेतावनी दिइन। उनले भनिन्,  ‘शक्ति र बल छ भन्दैमा फलाममा गएर मुड्की बजार्दैमा, सिमेन्टको भित्तामा गएर मुड्की बजार्दैमा र ढुंगामा मुड्की बजार्दैमा त्यो हात सफल रहन्छ भन्ने छैन। त्यो घाउ चोट हुन सक्छ। त्यो हात भाँचिन सक्छ। निकै नहुने गरी चोट लागेर क्यान्सर भएर झर्न पनि सक्छ। सरकारले थाहा पाओस् कि नेपालमा गुठी विधेयकलाई लिएर संविधानलाई नै मास्ने प्रयत्न गरेको छ, त्यो प्रयत्न क्यान्सरको रूपमा भोलि खडा हुनेछ।’

सांसद परियारले गुठी व्यवस्था आफैँमा सम्पदा भएको तर्क गर्दै सम्पदा मास्ने काम कांग्रेसलाई स्वीकार्य नहुने जनाइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here