नेपाल प्रवेश गरेका ३ भारतिय प्रहरी पक्राउ

280

काठमाडौं- भारतको छत्तिसगढबाट अछाम प्रवेश गरेका ३ जना भारतीय प्रहरीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।

तीन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक पक्राउ गर्न छत्तिसगढ प्रहरी नेपाल छिरेको हो ।

अछामका १९ वर्षीया केशव सोनीले छत्तिसगढकी १५ वर्षीया किशोरीलाई भगाएर ल्याएका थिए । भारतमा किशोरीको परिवारले जोहरी दिएपछि त्यहाँका प्रहरी अधिकृत नेपाल आएको जनाइएको छ ।

‘उनीहरुले किशोरीलाई लिएर जाने अडान राखेका छन्’, एक प्रहरी अधिकृतले भने, ‘हल्लाखल्ला भएपछि उनीहरूलाई नियन्त्रणमा राखिएको छ ।’

कानुनतः कुनै मुलुकको सार्वभौमिकतामा खलल पुग्ने गरी विना अनुमति कुनै मुलुकले खानतलासी वा अनुसन्धान गर्न पाउँदैन । तर, स्थानीय स्तरमा प्रहरी–प्रहरीबीच समन्वयबाट अपराध नियन्त्रणमा सहकार्य हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here