मानिसको जीवनमा कहिलेकाहीँ उत्तारचढाव आइरहन्छ । जसले गर्दा मानिसलाई अस्थिर बनाउँछ । त्यस बेला आफूलाई सन्तुलन राख्न गाह्रो पर्दछ । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी एउटा गम्भीर समस्या बनेको छ । दिमागलाई स्वस्थ राख्नका लागि आफ्ना अस्वस्थ व्यवहार हटाउँदै जानुपर्दछ ।
उनीहरूमा आफ्नो संवेदना, भावना, सोच, विचारलाई नियन्त्रण गर्न सकियो भने जीवनमा सफलता मिल्दै जान्छ । जीवनमा यस्तो उतारचढावमय अवस्था आइरहन्छन्, यस्तो अवस्थामा आफूलाई सन्तुलित राख्नु सबैभन्दा महत्वपूर्ण उपाय हो ।
दिमाग स्वस्थ नहुने कारण
काममा असन्तुष्टि, धेरै समयसम्म चिन्तित हुनु, कुनै कुराको रुचिको अभाव, उमेरका कारण, पौष्टिक पदार्थको कमी, अनिद्रा, शारीरिक तथा मानसिक थकान, धेरै मैथुन गर्नु, नशालु पदार्थ सेवन आदि रहेका छन् ।
लक्षणहरू
मानसिक थकान, अरूचि, आलस्य, कमजोरी, निराश, लामो समयसम्म स्मरण गर्न नसक्ने आदि ।
यस्ता उपाय अपनाउनुहोस्ः
गल्तीबाट पश्चाताप नगनुहोस्
गल्ती सबैबाट हुन्छ, जानेर वा नजानेर । गल्ती जानेर पो गर्नु हुँदैन, नजानेर हुने गल्तीका लागि मानिस धरै समयसम्म पछुताइरहेका हुन्छन् । तर यसो गर्नु राम्रो होइन । धेरै समयसम्म पहिला भएको गल्तीको पछुतो सम्झिरहँदा दिमागको क्षय हुन्छ ।
कुनै एउटा कुरालाई लिएर समय बबार्द नगनुहोस्
कुनै समय खराब थियो भनेर जहिले पनि उस्तै हुँदैन । त्यसैले कुनै दिन एउटा कुनै अप्रिय घटना भयो भनेर त्यसैलाई मनमा खेलाएर पूरै दिन बबार्द गर्नु हुँदैन । त्यसैले सकारात्मक सोच राख्नु आवश्यक र नमीठो अनुभवलाई भुल्नुपर्दछ । एक्लोपन महसुस नगर्नुहोस् । सबैभन्दा दिमाग क्षय गर्ने ठूलो कारण एक्लोपन हो । मानिसहरू अधिकांश समय साथीभाइसँग बस्न रुचाउँछन् । मानिसहरू एक्लो भयो भने अनावश्यक कुरा सोच्न थाल्दछन् । बिस्तारै त्यसरी सोच्ने ग्रन्थि बन्द हुँदै जान्छ । त्यसैले एक्लोपनसँग डराउने होइन, समयको सदुपयोग गर्नुपर्दछ ।
अप्रिय कुरामा नअल्झिनुहोस्
कुनै एक विषयलाई लिएर धेरै तनाव नहुनुहोस् । कुनै एक गल्तीले तपाईंको जीवनको पूरै प्रतिष्ठा सकिँदैन । त्यसैले तपाईं जिन्दगीका पानाहरू पल्टाउँदै जानुहोस् । कुनै एउटा घटनाले वा गल्तीमा अल्झिएर नबस्नुहोस् ।
परिवर्तनसँग नडराउनुहोस्
सफलताको माथिल्लो सिँढीमा पुग्नका लागि परिवर्तन हुन आवश्यक हुन्छ । मानिसको दिमाग परिवर्तनशील हुन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पुर्याउँछ । परिवर्तनसँग डराउने होइन, खुलेर सामना गर्ने विचारले दिमाग बढाँउछ ।
बितेका कुरामा चिन्ता नगर्नुहोस्
बगेको खोला फर्किंदैन भनेझैँ बितिसकेका कुरा चाहे जतिसुकै पीडादायी भए पनि त्यसमा तपाईंले अहिले जति नै धेरै चिन्ता गरे पनि केही फरक पर्दैन । हिजो भइसकेको कुरालाई लिएर आज कुनै पश्चात्ताप गरिरहनुको औचित्य रहँदैन । त्यसैले आज तपाईंको अगाडि जे छ, त्यसैमा चित्त बुझाउने तथा राम्रो बनाउनेतर्फ प्रयास गर्नुपर्दछ ।


















