रोटरि क्लबद्वारा माबि बालापुरमा खेल सामाग्री हस्तान्तरण

359

शरद रेग्मी

तुलसिपुर /  रोटरि क्लब अफ तुलसिपुर सिटिले शुक्रबार एक कार्यक्रमकाबिच माबि बालापुर विद्यालयलाई खेल सामाग्री हस्तान्तरण गरेको छ ।

रोटरि क्लब अफ तुलसिपुर अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले रोटरि क्लबले विभिन्न क्षेत्रमा सामाजिक काममा हातेमालो गर्दै अगाडि बढेको जनाएका थिए ।

उनिहरुले पश्चिम दाङका विभिन्न बिधालयहरुमा खेल सामाग्री ,शौचालय,पुस्तकालय ,खानेपानी र बिकटका क्षेत्रमा स्वास्थ शिबिरहरु सञ्चालन गर्दै आएको भन्दै आगामि दिनहरुमा पनि क्लबले यस्तै सामुदायिक विद्यालयहरुमा सहयोग गर्दै जाने जनाएका थिए ।

सो अवसरमा तुलसिपुर उद्योग वाणिज्य सङघका निवर्तमान अध्यक्ष बिमल रिजाल ,रोटरि क्लब अफ तुलसिपुर सिटिका भाबि अध्यक्ष देवबहादुर केसि,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,विद्यालयका प्र.अ सुबर्ण कुमार लामिछाने ,शिक्षक निर्मल नेपाली लगायतले स्कुलको आर्थिक अबस्था निकै कमजोर भएको हुँदा सबैले सहयोग गर्न सुझाव दिएका थिए ।
सो अवसरमा ब्टम्यान्टिन,फुटबल ,लुटसललगायतका खेल सामाग्रीहरु विद्यालयलाई हस्तान्तरण गरिएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here