काठमाडौ / आर्थिक पत्रकारिता र स्थानीय पत्रकारिताको क्षेत्रमा दुई वेग्ला वेग्लै पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।
शनिवार मिडिया स्कूलको नवौ स्थापना दिवसको अवसरमा आर्थिक पत्रकारिताको क्षेत्रमा अर्थवद् डा. भोलानाथ चालिसे स्मृति आर्थिक पत्रकारिता पुरस्कार र गाँउपालिकाका पाहिलो अवधारणाकार सुदर्शन आचार्यको स्मृतिमा स्थानीय पत्रकारिता पुरस्कारको घोषणा गरिएको हो ।
कार्यक्रममा त्रिभुवन बिश्व विद्यालय पत्रकारिता केन्द्रिय विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनाल, नेपाल उद्योगल वाणिज्य महासंघका महानिर्देशक गोपाल तिवारी र संविधान सभा सदस्य तथा विकेन्द्रिकरणविद् रामचन्द्र पोखरेलले पुरस्कारको घोषणा गर्नु भएको हो । दुई विद्याका पुरस्कार उदार अर्थ ब्यवस्था र स्थानीय विकासको क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कार प्रदान गरिने मिडिया स्कूललका अध्यक्ष नवराज चालिसेले जानकारी दिनु भयो । पुरस्कारको लागि वेग्ला वेग्लै पुरस्कार छनौट समितिको कार्यदल गठन गरिने भएको छ ।
कार्यक्रममा पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले आधुनिक पत्रकारिताको आयाम परिवर्तन भइरहेको उल्लेख गदै पत्रकारिता क्षेत्रमा जनशक्तिको अभाव खड्किएको जनाउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका महानिर्देशक गोपाल तिवारीले आर्थिक पत्रकारिताले मुलुकको विकास र समृद्धिमा महत्वपुर्ण भूमिका निर्वाह गरेको जनाउनु भयो । सविधान सभा सदस्य रामचन्द्र पोखरेलले मुलुक प्रादेशिक तथा स्थानीय क्षेत्रको विकासमा स्थानीय पत्रकारिताले ठुलो सहयोग पुग्ने जनाउनु भयो । नारीवादी अर्थशास्त्री प्रतिभा सुवेदीले महिलालाई आर्थिक शसक्तिकरण नगरीकन आर्थिक समृद्धि हासिल हुन नसक्ने जनाउनुभयो ।
कार्यक्रममा पत्रकारिता विभागका प्रमुख प्रा.खनालले पत्रकारिता क्षेत्रमा बिद्यावारिधी गर्नु भएको पत्रकारिताका अध्यापक मधुसुदन न्यौपाने र कानूनको विषयमा विद्यावारिधी गर्नु भएका सुमन आचार्यलाई सम्मान गर्नु भएको थियो । मिडिया स्कूलले ग्रामिण पत्रकारिताको विकास र प्रर्वद्धनको लागि समूह गठन गर्ने भएको छ ।


















