नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन अध्यक्षमा महर्जन र महासचिवमा कठायत , ३६ सदस्यीय कमिटी गठन

320

मकवानपुर– मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकटको युवा संगठनको हालै सम्पन्न राष्ट्रिय सम्मेलनले नयाँ तरंग ल्याएको छ ।

सम्मेलनबाट क्रान्तिकारी युवा लिग, नेपालको अध्यक्षमा अमिर महर्जन ‘आकास’ र महासचिवमा दिलबहादुर कठायत ‘भूकम्प’ लगायत ३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।

क्रान्तिकारी युवा लिगको प्रथम राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा केशव ढल्कुटी, उत्तम थापामगर र गंगा महतो, सचिवमा रबिन लिम्बु र सागर क्षेत्री त्यसैगरी कोषाध्यक्षमा ज्ञानु खतिवडा लगायतको पदमधीकारी टिम निर्वाचित भएको बुझिएको छ ।

त्यसैगरी समितिको सचिवालयमा सुरेश तामाङ, तिलक अधिकारी, लालकिरण, रोमन महर्जन, विक्रम थापा, ईन्द्र गौतम, ईन्द्र चिमोरिया निर्वाचित भएका छन् ।

त्यसैगरी नयाँ निर्वाचित कमिटिको सदस्यहरुमा असल तामाङ, रवि अधिकारी, असलहरि विक, किरण मगर, ईन्द्र गुरुङ, राजकुमार सुनार, कल्पना गौतम, छोटु (विनय), प्रगति, महेश, गोविन्द, वासु, रामकिशोर दास, लक्ष्मी, हरिनारायण यादव, देव मुण्डा, संघर्ष, प्रवेश कार्की, नरेश राउत, कुल बहादुर श्रेष्ठ र जलन रुचाल निर्वाचित भएको जनाइएको छ ।

प्रदेश नम्बर तीनको मकवानपुरमा सम्पन्न सम्ममेलनको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले गरेका थिए । सम्मेलनको बन्दसत्रमा क्रान्तिकारी माओवादीका महासचिव किरण, देजमोका अध्यक्ष सीपी गजुरेल ‘गौरव’, क्रान्तिकारी माओवादीको प्रदेश नम्बर ३ का सेक्रेटरी दिनेश शर्मा, केन्द्रीय सदस्य फुर्वा तामाङ, दोलखा सेक्रेटरी गोविन्द काफ्ले र मकवानपुरका सेक्रेटरी पारस लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here