नवलपरासी / मध्यबिन्दु नगरपालिका-१५ चोरमारा अरुणखोलाको जंगलस्थित पूर्वपश्चिम राजमार्गबाट ललितपुर टुंगुन गाउँपालिका-१ बस्ने २६ वर्षीय बिक्रम थोकर र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने ३७ वर्षीय श्यामसुन्दर पौडेललाई नुफिन १ सय ९ एम्पुल, डाईजोपाम १ सय ९ एम्पुल र फेनरागन १ सय ९ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित खटिएको प्रहरीले ना.६ ख १३३३ नम्बरको बसमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।


















