पाँच दिनदेखि फोहोर थुप्रिँदा काठमाडौं उपत्यका अस्तव्यस्त भएको छ। उपत्यकाको फोहोर फाल्ने गरिएको स्थान नुवाकोटस्थित सिसडोलका बासिन्दाले अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन नसकेको हो।
प्रतिकूल मौसमका तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा बढेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ मा स्थित सिस्डोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुँदै आएकोमा विभिन्न माग राख्दै त्यहाँका बासिन्दाले उपत्यकाबाट फोहोर लिएर गएका गाडी रोकेपछि पाँच दिनयता फोहोर फाल्न नपाइएको हो।
फोहोर थुप्रिएका कारण काठमाडौं उपत्यकामा दुर्गन्ध फैलिएको छ। जसबाट गम्भीर खालका रोग फैलन सक्ने खतरा बढेको चिकित्सकले जनाएका छन्। प्रतिकूल मौसम तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा रहेको चिकित्सकको भनाइ छ।
उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ। यस अवधिमा ५ हजार टनभन्दा बढी फोहोर जम्मा भइसकेको छ।अहिले उपत्यकावासी नाक थुनेर हिँड्न बाध्य छन्।


















