चौतर्फी विरोध पछि आईफा अवार्ड नेपालमा नहुने

240

काठमाडौं– चौतर्फी विरोध भएपछि नेपालमा आयोजना हुने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा)बाट नेपाल सरकार पछि हटेको छ ।

सरकार नै आयोजक भएको भन्दै आइफाको आलोचना भएपछि आइफा नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो ।

सरकारले असार ८ गते का मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो, भने अवार्ड कार्यक्रमका लागि काठमाण्डौ महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदानहित गाडी, होटल, आवतजावत र अन्य सुविधा गरेर आइफामा करिब १ अर्ब खर्च हुने प्रारम्भिक मस्यौदा बहसमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here