रहस्यमयले भरिएको शिवलिङ्ग

304

एजेन्सी / यो संसार विचित्रमय रहेको त्यसमा पनि केही अनौठा चिजहरु रहेको कारणले गर्दा त्यसको गुह्य पत्ता लगाउन वैज्ञानिकहरु पनि असमर्थ हुन्छन् ।

भारतको हिमाचल प्रदेशमा एउटा रहस्यमयले भरिएको मन्दिर रहेको छ । त्यस मन्दिरभित्र शिवलिङ्ग रहेको छ । शिवलिङ्ग यस अर्थमा निकै विशेष छ कि त्यसमा १२ वर्षमा चट्याङ पर्दछ । हिमाचलको मथान भन्ने क्षेत्रमा रहेको भोलेनाथ मन्दिर रहस्यले भरिएको छ । उक्त मन्दिरमा हरेक १२ वर्षमा चट्याङ पर्दछ । तर त्यसरी चट्याङ पर्दासमेत मन्दिरमा कुनै क्षति हुँदैन । तर मन्दिरभित्र रहेको शिवलिङ्ग भने टुक्रिन्छ ।

पौराणिक मान्यताअनुसार त्यहाँको विशाल उपत्यका नागको रुपमा रहेको छ, जसको शिवले वध गरेका थिए । त्यसैले हरेक १२ वर्षमा भगवान इन्द्रले भोलेनाथ अर्थात् शिवजीको आज्ञा लिएर उक्त मन्दिरमा चट्याङ पार्दछन् भन्ने मान्यता छ । चट्याङ पर्दा मन्दिरमा अरु क्षति हुँदैन, तर शिवलिङ्ग चाहिँ टुक्रिन्छ । त्यहाँका पुजारीहरुले फुटेको शिवलिंगलाई जोड्दछन् र घिउको लेप लगाउँदछन् । ताकि शिवजीले पीडाबाट राहत पाउन सकुन् । त्यसैले यो मन्दिरलाई स्थानीयले ‘मख्खन महादेव’ पनि भन्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here