५३औं ‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’मा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

26

काठमाडौं / चीनको हर्बिन सिटीमा आगामी जुलाई २६ देखि २९ तारिखसम्म हुन लागेको ५३औं ‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ प्रतियोगितामा नेपालका दुईजना खेलाडीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा शारीरिक सुगठनका खेलाडीद्वय रामहरि खनाल र रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने जनाइएको छ । ५३औं च्याम्पियनसिप तथा वार्षिक कंग्रेसमा भाग लिन नेपालबाट दुई खेलाडी र तीनजना अफिसियल चीन जान लागेको नेप्लिज फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here