बाढी पूर्वानुमान विभागले उच्च सतर्कता अपनाउन सूचना जारी

183

काठमाडौं /  काठमाडौंका खोला नजिकका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । हिजो बिहीबार रातिदेखि लगातार परेको पानीले खोलामा पानीको बहाव उच्च भएपछि बाढी पूर्वानुमान विभागले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको हो ।

नेपाल बाढी सूचनामार्फत यहाँका बागमती, विष्णुमती बल्खु खोला, नख्खु, हनुमन्ते, मोहना, धोबी खोला आसपास र होचो ठाउँका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । लगातारको वर्षाका कारण काठमाडौंमै शुक्रबार ३ जनाको मृत्यु भइसकेको छ । बिभिन्न क्षेत्र डुवानमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here