बर्दियाको बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

275

काठमाडौं / राष्ट्रिय वाणिज्य बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखा विस्तार गरेको छ । यो सँगै बैंकको देशभरको शाखा कार्यालयहरुको संख्या २ सय २१ पुगेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बाँसगढी शाखाको उद्घाटन गर्दै दिगो आर्थिक विकासको लागि शहर र ग्रामीण क्षेत्र दुबैलाई प्राथमिकता दिँदै शाखा खोलेको जनाए ।

बैंकको देशका सातै प्रदेश तथा ७७ जिल्लामा कुल २ सय २१ शाखा कार्यालयका साथै १ सय ७५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा रहेको छ। हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here