जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

211

काठमाडौं / जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी काभ्रे रोशी गाँउपालिका १ बस्ने ३४ वर्षीय छेदन लामालाई ललितपुर कुपण्डोलबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७१ माघ ८ गतेको फैसलाले ४ बर्ष १ महिना १५ दिन कैद र ३ लाख १४ हजार ९ सय १८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी लामालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

२०७१ मंसिर ३ गते राति लामाले काठमाडौं महानगरपालिका-२३ बस्ने भुतनाथ मैदीको घर कोठामा जबरजस्ती प्रवेश गरी हतियार देखाई मैदी लगायतका व्यक्तिहरुलाई ज्यानमार्ने धम्की दिई २ लाख ६६ हजार ७ सय ७५ रुपैयाँ बराबरको नगद तथा सुन समेतको धनमाल चोरी गरी फरार भएका थिए । लामालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको सो ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here