एजेन्सी / धन बिना मानिसको जीवन अपूर्ण हुन्छ । त्यसमा पनि सीमित कमाइका भएका मानिसहरुलाई प्रायः परिवार चलाउनु पर्ने बाध्यता हुन्छ । तपाईको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईले कमाएको पैसा अपर्याप्त भएको हुन सक्छ ।
पहिलाको तुलनामा तपाईको रोजगारी वा व्यवसायमा तपाईले प्राप्त गर्ने रकम वढेपनि रकम नजोगिएर हैरान हुन भएको होला र कसरी पैसा जोगाउने भन्ने सोचिरहनु भएको छ भने यो टिप्स तपाईलाई काम लाग्न सक्छ ।
पैसा जोगाउने केही तरिका
१. उपहार योजनाबाट नलोभिनुस्। आफूलाई चाहिएको कुरा मात्र किन्नुस् । र आवश्यक परेको बेला मात्र किन्नुस् ।
२. एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ।
३. प्रलोभनबाट बच्नुस्स् कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस् ।
४. खानपानको बजेटबारे ध्यान दिनु आवश्यक छ खपत गर्ने सामान मात्र खरिद गर्नुस्।
५. सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस्स् कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ।
६. प्रयोग भइसकेका सामान किन्नुस्स् यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित।
अनावश्यक कुरा बेच्नुस।