बडी विल्डीङका विजेताहरुलाई राजेशबाबुको व्यक्तिगत तर्फबाट नगद पुरस्कार

189

काठमाडौं /  नेपाल शारिरिक सुगठन फिटनेस संघले बैंककमा हुने एशिया प्याशिफिक बडी विल्डीङ च्याम्पियनसिप २०१९ मा भाग लिन नेपालको तर्फबाट ३ जना खेलाडि र एक जना अफिसियल पठाउने भएको छ ।

यहि श्रावण ३१ देखि भाद्र १ गते सम्म बडी विल्डीङ एन्ड फिजिक स्पोटर्स एशोसिएशन’को आयोजनामा  बैंककमा हुने च्याम्पियनसिप प्रतियोगितामा हालै  संघले आयोजना गरेको  ‘साउथ एशियन बडी विल्डीङ एन्ड फिजिक स्पोर्ट’ च्याम्पियनसिप २०१९ सफलतापूर्वक सम्पन्न गरेर नेपालको तर्फबाट बिजेता भएका ३ जना खेलाडि र एक जना अफिसियललाई पठाउने भएको हो ।

‘साउथ एशियन बडी विल्डीङ एन्ड फिजिक स्पोर्ट’ च्याम्पियनसिप २०१९ मा  नेपाल ३ स्वर्ण ७ रजत र ६ कास्य हात पार्दै दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगिताहरुमा नेपालको नाम उच्च राख्न सफल खेलाडिहरुलाई यस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले व्यक्तिगत तर्फबाट स्वर्ण पदकधारी खेलाडीलाई ५० हजार, रजतलाई ३० हजार एवं कास्य लाई २० हजार दिने घोषणा गरेका छन्।

साथै भाद्र २६ देखि असोज १ सम्म चीनको होटो सिटी इन्टर मंगोलियामा हुने ५३औं एशियन बडी विल्डीङ एन्ड फिजिक स्पोर्ट च्याम्पियनसिप २०१९ मा हुने शारीरिक सुगठन प्रतियोगितामा ३ पुरुष, स्पोर्टस फिजिक्स तथा महिला ऐथलेटिक्समा ४ जना र २ जना पुरुष ऐथलेटिक्स फिजिक्समा तथा २ जना अफिसियल र २ जना निर्णायकहरु गरी १३ जनाले सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here