झापा / दमक नगरपालिका-२ बस्ने बिक्रम लिम्बुको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ बस्ने कुशल मगर लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका बिक्रमको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका १ जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ ।
दमक नगरपालिका-१ स्थित दुर्गा मन्दिर पछाडि ग्याङफाईट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

















