निर्माता छविराज र शिल्पा भूमिगत

88

काठमाडौ– निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट बुधबार पक्राउ पुर्जी जारी भएको थियो। सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री पोखरेल भूमिगत भएका छन्।

यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ। यतिबेला निर्माता छविराज काठमाडौंमै छन्। पोखरेल भने भोजुरी फिल्मको छायांकनका लागि धरानमा थिइन्।

बुधबार पक्राउ पुर्जी जारी भएपछि फिल्म छायांकन स्थलबाट शिल्पा पनि भुमिगत भएको छायांकन युनिटका एक व्यक्तिले जनाएको छ। निर्माता छविराजको जेठी श्रीमती हेमाले छविराज र शिल्पाविरुछ गत आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्। राजधानी दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here