बाग्लुङमा पहिरो: १ जनाको मृत्यु, २ बेपत्ता

333

बाग्लुङ– बाग्लुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा गए राति गएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता भएका छन् । पहिरोले घर पुरिदा स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको हो

पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा हराइरहेका अन्सारी श्रीपाली र प्रवीण श्रीपालीको खोजीकार्य जारी छ । डेढ सय मिटर माथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिए । ।

पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाउने तयारी भइरहेको निरीक्षक नेपालीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here