काठमाडौं / तारकेश्वर नगरपालिका-१० मनमैजुबाट दुर्लभ एवं संरक्षित बन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने सेतो बस्तु करिब ७७.४५ ग्रामका ४ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा बिगु नगरपालिका-४ घर भएका ३६ वर्षीय बाबु नेपाली र सोही ठाउँ घर भएका ४५ वर्षीय रमेश लामा रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले प्लास्टिकमा पोको पारी पाईन्टको गोजीमा लुकाईछिपाई राखेको अवस्थामा उक्त बस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

















