काठमाडौं । चन्द्रागिरी नगरपालिका-१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेकाे छ ।
धादिङ गजुरी गाउँपालिका-८ घर भएका ३२ वर्षीय नितेश राज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















