प्रधानमन्त्रीकाे उपचार खर्च सरकारले नव्यहोर्ने

281

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा हुने उपचार खर्च सरकारले नव्यहोर्ने भएको छ ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषले गरेका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा भ्रमण टोलीका सदस्यहरुको आउने जाने प्लेन खर्च सरकारले व्यहोर्ने जनाए।

उनले अघि भने, ‘कर्मचारी बाहेक अरु कसैको टीएडीए स्वीकृत गरिएको छैन’ अरु उहाँको निजी खर्च हुनेछ ।’

प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here