‘जनताको जनवाद’ रहेको राजनीतिक प्रतिवेदन त्रुटिपूर्ण रहेको नेता वामदेव गौतमको दाबी

400

काठमाडौं /   सत्तासीन नेकपा पार्टी सचिवालय सदस्य वामदेव गौतमले हालै प्रकाशित पार्टीको राजनीतिक प्रतिवेदनमाथि असहमति राख्दै ‘समाजवाद’ लक्षित कार्यक्रम किटान गरेर जानुपर्नेमा जोड दिएका हुन् ।

प्रतिवेदनमा पार्टीको वैचारिक आधार ‘जनताको जनवाद’ हुने उल्लेख छ । उक्त प्रतिवेदन त्रुटिपूर्ण रहेको उनको दाबी छ ।

पटक–पटक दिएका सुझाव नसमेटी प्रतिवेदन प्रकाशित भएकाले असहमति बाहिर ल्याएको गौतमले जनाउँदै नेपाली क्रान्ति समाजवादको चरणमा पुगेको मान्ने हो भने समाजवाद नै पार्टीको कार्यक्रम हुनुपर्छ भन्नेमा जोड दिएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ‘जनताको जनवाद’को सिद्धान्तमा पार्टी अघि बढ्ने सहमति भएको थियो । उक्त सहमतिपछि राजनीतिक प्रतिवेदन र विधान बनाउनका लागि छुट्टाछुट्टै समिति बनाइएको थियो । वरिष्ठ नेता नेपालको संयोजकत्वमा बनेको राजनीतिक प्रतिवेदन निर्माण समितिले बनाएको प्रतिवेदन बल्ल प्रकाशित भएको छ । यो प्रतिवेदन प्रकाशित गर्नुअघिआफूले दिएको सुझाव नसमेटिएको गौतमले जनाए ।

प्रतिवेदन प्रकाशित हुनु केहीअघि तत्कालीन एमाले र माओवादी केन्द्रका दुई धारबीच विवाद चुलिएको थियो । पूर्वएमाले पक्षले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई प्रतिवेदनमा स्पष्ट लेखेर जानुपर्ने अडान राखेको थियो । तत्कालीन माओवादी केन्द्र पक्षधरले ‘जनताको जनवाद’ भन्ने सहमति भएकाले पार्टी एकीकरणको भावनाअनुसारै प्रतिवेदन ल्याउनुपर्ने अडान राखेको थियो ।

नेपालको संविधानमा आर्थिक सामाजिक लक्ष्य ‘समाजवाद उन्मुख’ भन्ने उल्लेख छ । संविधानले आर्थिक सामाजिक रूपान्तरण समाजवाद उन्मुख भनेको अवस्थामा पार्टी त्यो स्पिरिटअनुसार अघि बढ्न नसकेको गौतमको ठहर छ । ‘के यो संविधानमा भूलवश लेखिएको हो ? के यो बाध्यताले लेखिएको हो वा लहडमा लेखिएको हो ? होइन भने नेपाली समाजको सबैभन्दा अग्रगामी वर्ग, श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि भनेर आफूलाई दाबी गर्ने नेकपाले नेपाली जनताको तात्कालिक कार्यक्रम समाजवाद हो भन्न जिब्रो लर्बराउनुपर्ने र खुट्टा कमाउनुपर्ने अवस्था किन देखियो रु दुःखका साथ भन्नुपर्छ पार्टी राष्ट्र पुनर्निर्माण सम्बन्धमा परिवर्तनकारी र अग्रगामी हुन सकेन,’ गौतमले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here