काठमाडौं / नेकपा पार्टीको शीर्ष तहमा मन मिलेको देखाउन खोजिएपनि कार्यकर्ता तहमा भने ठूलो निराशा र छटपटी छ । स्थानीय, जिल्ला र प्रदेश तहमा कार्यकर्ता एक अर्काको हैसियत स्वीकार्नै नसक्ने अवस्थामा छन् । पूर्व एमाले र माओवादीबीच न त मन मिलेको छ , न मत नै । हरेक विषयमा दुबै पक्षका नेता कार्यकर्ताबीच मत बाझिने गरेको छ ।
सत्ताका लागि कुनै पनि बेला धोका दिन सक्ने नेताका रुपमा पूर्व एमालेहरु प्रचण्ड तथा उनको समूहलाई हेर्ने गर्छन् । त्यसैको संकेतका रुपमा ईश्वर पोखरेलले पार्टी स्कूल विभाग कुनै पनि हालतमा माओवादीलाई दिन नसकिने धारणा सार्वजनिक गरिसकेका छन् । ईश्वरको यस्तो अभिव्यक्तिले प्रचण्डहरु झस्किएका हुन् ।
त्यसैले प्रचण्डको बोली अराजक र बर्बराहटपूर्ण देखिन थालेको छ । कहिले आफूलाई हेग पु¥याए अन्तर्राष्ट्रिय हिरो हुने बेतुकका कुरा गर्छन् त कहिले पूर्व राजासँग जोरी खोज्न उद्यत् हुन्छन् । विस्तारै आफू मूलधारको राजनीतिबाट टाढिने संकेतका रुपमा बुझेकाले हुनसक्छ प्रचण्डको छटपटी अहिले बढिरहेको छ ।


















