नेपालमा प्रथमपटक चिकित्सा शिक्षा मेला हुँदै

129

काठमाडौं  / संसारका विभिन्न राष्ट्रका चिकित्सा शिक्षा, शैक्षिक कर्जा र आवास व्यवस्थाबारे नेपालमा प्रथमपटक  ‘मेडिकल एजुकेसन करियर एक्स्पो, २०१९’  हुने भएको छ ।  ‘वाइड रेन्ज कन्सल्टेन्सीद्धारा भदौ ४ र ५ गते काठमाडौँमा आयोजना गर्न लागेको सो मेलामा नेपालसहित बङ्गलादेश, चीन, भारत, फिलिपिन्स, रुस, युक्रेन, उज्वेकिस्थान, जर्जिया, मरिसस्लगायत मुलुकका सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन्।

सो कन्सल्टेन्सीका प्रमुख सुदीप नायकका अनुसार मेलामा विद्यार्थीका लागि प्रवेशाज्ञा प्रक्रिया र सिटिजन्स बैंकले प्रदान गर्ने शैक्षिक कर्जाका बारेमा पनि परामर्श दिइनेछ। उनले ती विश्वविद्यालयले दिन सक्ने छात्रवृत्ति र शैक्षिक भ्रमणका सम्बन्धमा पनि मेलामा जानकारी गराइने जनाए । मेलामा पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी हुने आयोजकले अपेक्षा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here