संघीयता नेपालीको लागी उपयुक्त छैन

267

-राकेश कुमार  शर्मा (स्वतन्त्र नेपाली नागरिक)

संघीयता अमेरिका, भारत, चाइना र अष्ट्रेलिया जस्ता ठुल ठुलो मुलुकको लागी मात्र उपयुक्त छ।अमेरिका, भारत, चाइना र अष्ट्रेलियाको जग्गाको भु-भाग र हेक्टर कति छ त्यो पत्ता लगाउँ अनि मात्र संघीयताको कुरा गरौं।अमेरिका, भारत, चाइना र अष्ट्रेलियामा सम्भव नभएर संघीयताको आवश्यकता परेको हो।हाम्रो मुलुक पटनाको बिहार जत्रो सानो छ।हाम्रो मुलुकमा संघीयता चाहियो किन?

मैले नेपालमा संघीयता उपयुक्त छैन भनेकोले कतिपय महानुभावहरुलाई मेरो यो भनाई पच्दैन होला?कतिपयले यो त बौलायो पनि भन्लान?कतिपयले यो त संघीयता विरोधी रहेछ पनि भन्न सक्छन?यी सबै कुरा नभनौं भने मनमा कति डाह र पिडा हुन्छ भनौं भने कतिपयलाई असहय हुन्छ होला?आफ्नो मनमा लागेको विचारहरूलाई व्यक्त गरेर भएपनि डाह र पिडा शान्त हुन्छ।

हामी नेपाली नागरिकहरु धनी छौं तर हाम्रो मुलुक गरिब छ।मुलुकको अर्थतन्त्र र आर्थिक अवस्था कमजोर छ।अन्तर्राष्ट्रिय मुलुकहरूले सहयोग र ऋण दिएकोले हाम्रो मुलुक चलिरहेको छ।हामी नेपालीहरुको औकात नै के छ? अझ हामी नेपाली नागरिकहरु जुन गोरुको सिंग छैन उसको नाम तिखे जस्तो बन्न खोज्छौं।मुलुकमा नाकाबन्दी भयो भने भोकभोकै मर्ने सम्मको अवस्था आउँछ।

कृषि प्रधान मुलुक भन्छौं तर हामी कृषि क्षेत्रमा पनि सक्षम छैनौं?युवा र युवतीहरु रोजगारीको लागी बाहिरी मुलुक पलायन भइ रहेको अवस्था छ।दुबई र कतार जस्ता मुलुकहरु पनि कुनै न कुनै वस्तु निर्यात गर्नमा सक्षम छन।हाम्रो मुलुकले आयात मात्र गर्छ।निर्यात गरे पनि खाधान्नहरु निर्यात गर्न सक्छ।फेरी त्यही खाधान्नहरु पनि महंगोमा आयात गर्छ।यस्तो हाम्रो मुलुकको दयनीय अवस्था छ।अझ हामी नेपालीहरुको फूर्ति र धाक बेग्लै किसिमको छ।

संघीयताको अवधारणा ल्याउनेहरुलाई मेरो तर्फबाट मुरी मुरी धन्यवाद र शुभकामना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here