एउटा बैंकको एटीएम अब अर्को बैंकमा नचल्ने

220

काठमाडौं – नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स नेप्से ले एक बैंकको एटीएम अर्को बैकमा नचल्ने जनाएको छ ।

नेप्सेेेेेे ले एक विज्ञप्तिमार्फत कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै हाल केही समयका लागि कम्पनीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएमरपीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाइएको जनाएको छ।

केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत भदौ १४ गते चिनियाँ ह्याकरको एक समूहले एटीएमबाट रकम निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here