यसपाली टीकाको साइत यस्तो छ ! हेर्नुहोस्

410

काठमाडौं / दशैंको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङग निर्णायक समितिले जनाए अनुसार यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत असोज  २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितिले जनाएको छ । यस्तै, असोज  १३ गते सोमबार नेपाली सेनाको झण्डा फर्ने साइत बिहान १० बजेर २५ मिनेटमा रहेको छ । सेनाले पश्चिम फर्केर झण्डा फेर्दा राम्रो हुने बताइएको छ ।

यसैगरी असोज   १६ गते पचली भैरव यात्रा र असोज  १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुनेछ । ८ बजेर ५२ मिनेटमा यात्रा गराइएको तुलजा भवानीको आशनमा राख्न १० बजेर ५ मिनेटको समय  उपयुक्त हुने समितिको ठहर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here