काठमाडौं- जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल रिहा भएका छन ।
सर्वाेच्च अदालतकाे दाेस्राे पटककाे अादेशमा हमाल रिहा भएका हुन् ।
हमालकी श्रीमती मोनिका गुरूङले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका हमाललाई समाचार संकलन गर्न गएका बेला कास्कीको सिसुवाबाट भदौं ६ गते प्रहरीले पक्राउ गरेको थियो ।

















