काठमाण्डौ : रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
दिउँसो अज्ञात व्यक्तिको गोली लागेर रोहिणी गाउँपालिका ३ का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीका एसएसपी हृदय थापाले बताए ।
कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको स्थानीयको दाबी छ । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयले बताएका छन् । प्रहरीले डाका समुहबारे अनुसन्धान भइरहेकाले कुनैपनि प्रकारको खुलासा गरेको छैन । रुपन्देहीको रोहिणी क्षेत्र जिल्लाs} लुटपाट हुने स्थानमा पर्ने स्थानिएको भनाइ छ ।


















