नेपाल पत्रकार महासंघले जापान शाखाको अधिवेशन तयारी तीव्र

545

-श्याम क्षेत्री

जापान / नेपाल पत्रकार महासंघले जापान शाखाको सेप्टेम्बर २२ तारिख हुने अधिवेशनको तयारी तीव्र बनाएको छ । नयाँ नेतृत्व चयनको लागि जापानमा रहेर पत्रकारितामा क्रियाशिल नेपाली पत्रकारहरुको एकमात्र संस्था नेपाल पत्रकार महासंघको अधिवेशन तयारी तिब्र पारिएसँगै नेतृत्वका लागि समेत पत्रकारहरु आकांक्षी देखिएका छन् ।

महासंघ जापान शाखाको कार्य समितिमा एकजना महिला सहित ८ जना कार्यसमिति सदस्य रहनेछन् । नेपाल पत्रकार महासंघ जापान शाखाको कार्यसमिति कुल १५ सदस्यीय हुनेछ ।

नेपाल पत्रकार महासंघ जापान शाखाको अधिवेशनका लागि केन्द्रिय महासचिव रमेश विष्ट जापान आउने प्रक्रिया अघि बढाईएको अध्यक्ष मोहन घललेले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ जापान शाखामा करिव ४० जना सदस्य रहेकोमा केही भने प्रक्रियामा रहेकाले यस पटक ५० को संख्यामा पुग्ने ठानिएको छ ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ जापान शाखाको कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here