झापाको दमकमा जन्मियो तालु नभएको बच्चा

353

काठमाण्डौ : झापाको दमक स्थित आम्दा अस्पतालमा प्रसुती गराउन आएकी एक महिलाले फरक प्रकृतीको शिशुलाई जन्म दिएकी छन् । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ७ मधुमल्लाकी गुराँस कार्कीले टाउकोको माथिल्लो भाग, तालु बिनाको शिशुलाई जन्म दिएकी हुन् ।

आम्दा अस्पतालका फेमेली फेजिसियन डा। प्रकाश शर्माका अनुसार गर्भावस्थामा पोषिलो खानेकुराको अभाव हुँदा र नियमित स्वास्थ्य परिक्षण नगराएमा यस प्रकारका समस्या हुने गरेको बताएका छन ।

२४ वर्षिया गुराँश र ३० बर्षीय सुजनको दोस्रो सन्तानको रुपमा जन्मीएकी छोरीको तालु नभएको अवस्थामा जन्म भएपछि यसको उपचार हुन्छ कि हँुदैन भन्दै परिवारजनमा चिन्ता थपीएको छ । आर्थिक अवस्था समेत कमजोर रहेको कार्की परिवारमा तालुनै नभएको शिशु जन्मिएपछि थप संकट आईलागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here