एकनाले भरूवा बन्दुक सहित पक्राउ

91

काठमाडौं-बझाङकाे  छबिसपाथिभेरा गाउँपालिका-४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, १ वटा जंगली मरेको कालिज र १ थान हँसिया सहित सोही गाउँपालिका-३ बस्ने ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो । सल्यान, कुमाख गाउँपालिका-२ चोरगाँउस्थित गठ्ठा जङगलबाट एकनाले भरूवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट नेटाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here