काठमाडौं / नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कुनै देशमा विचार निर्यात नगर्ने जनाएकी छिन् । कुनै देशको आन्तरिक मामिलामा समेत चीनले कहिल्यै हस्तक्षेप नगर्ने धारणा व्यक्त गरेकी छिन् ।
चीन अध्ययन केन्द्रको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत होउले सी विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेकाले अब त्यसलाई निर्यात गर्न नपर्ने जनाएकी हुन् । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको पछिल्लो विचारधारात्मक छलफल तथा सम्झौतालाई लिएर नेपालमा बिभिन्न टिकाटिप्पणी हुन थालेपछि उनले सो कुरा जनाएकी हुन् ।
कार्यक्रममा राजदूत यान्छीले चीन कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको बैचारिक बहसलाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गरेकी छन् । उनले कुनै पनि देशको आन्तरिक मामिलामा चीन सचेत रहेको र हस्तक्षेप पनि कहिल्यै नगर्ने प्रष्ट पारिन् ।


















