महरा विरुद्ध दुस्प्रचारमा लागेको आशंका

137

काठमाडौं / प्रहरीले स्वास्थ्य परिक्षण गराउन भन्दा महरा पीडित भनिएकी महिलाले स्वास्थ्य परिक्षण गराउन अस्वीकार गरेको घटना बाहिरिए लगत्तै ती महिलाका बारेमा आशंका थपिएको छ । पहिले सम्पर्कमा आइरहेकी ती महिला स्वार्थ बाझिएसंगै महरा विरुद्ध दुस्प्रचारमा लागेको आशंका गरिएको छ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले लगाएको आरोपबारे अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले जानकारी गराएका छन् ।

यद्यपी, पिडीत भनिएकी महिलाले भने अझैसम्म प्रहरी कार्यालयमा लिखित उजुरी नदिएको जानकारी प्रहरीले गराएको छ । पीडित महिलाले मेडिकल जाँच गर्न पनि नमानेको प्रहरीले जनाएको छ ।

डिएसपी दुर्गा रेग्मीको टोलीले महिलालाई मेडिकल जाँच गर्न हस्पिटल जान आग्रह गर्दा ती महिलाले अस्वीकार गरेकी छिन् । महिलासँग जानकारी तथा घटनास्थलको तस्बिर लिएर डिएसपी दुर्गा रेग्मीको टोली उक्त महिलाको डेराबाट फर्किएको थाहा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here