विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ

221

काठमाडौं / गोकर्णेश्‍वर नगरपालिका-९ आरुवारी सिमलटार बस्ने रमेश तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-१२ घर भएका ४२ वर्षीय राज कुमार गुरुङ समेत २१ जनालाई नगद १८ लाख ९२ हजार रुपैयाँ र ९ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ५ जनालाई नगद १६ हजार १ सय ६५ रुपैयाँ र ३ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-२ अधिकारी टोल बस्ने ६५ वर्षीय राज बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा राज बहादुर गुरुङ समेत ४ जनालाई नगद २९ हजार ९ सय २० रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here