‘मेरी पुजा’ को म्युजिक भिडियो आउँदै

609

‘यात्रा जिन्दगी’ को म्युजिक भिडियो पश्चात प्रतिभाशाली युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो
‘मेरी पुजा’ ल्याउने भएका छन् ।

संगीतमा निरन्तर संघर्ष गर्दै आफुलाई चिनाउने कोसिसमा अघि बढी रहेका यी गायकले आफ्नो नयाँ एल्बम पनि छिट्टै बजारमा ल्याउने तयारीमा छन् ।

मेरी पुजा बोलको यस गीतमा स्वर र संगीत गायक कौशल राज खड्काको रहेको छ । गीतका शब्द बिशाल मल्लले लेखेका हुन् भने मनोज चौलागाईले संगीत संयोजन गरेका हुन् ।

पप लभ सङ भर्सनको यस गीतको भिडियोलाई सुबल दंगालले खिचेका हुन भने सियोन नेवारले कोरियोग्राफी गरेका हुन् । भिडियोमा हिमांशु कार्की (मिस्टर हिम्ज़) , आशिका श्रेष्ठ र नेहा लिम्बुको मुख्य भुमिका रहेको छ ।

शिशिर अर्याल सह-निर्देशक रहेको भिडियोलाई ड्रिम गर्ल चलचित्र बाट नेपाली सिनेमामा डेब्यु गरेकी नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन् । नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो चाँडै नै सार्वजनिक हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here