राप्ती समाज जापानको दृष्टिबिहिनहरुको लागी छात्रबास सहयोग रकम हस्तान्तरण

141

-एस क्षेत्री, जापान
टोकियो / निरन्तर समाज सेवामा लागिरहेको राप्ती समाज जापानले दाङ जिल्लाको देउखुरीमा निर्माण हुन लागेको दृष्टि बिहिनहरुको लागी छात्रबास सहयोग रकम हिजो नेपाल पठाएको छ।

नेपाली रुपैया एकचालीस हजार चार सय चालिस अभियान चलाइ संकलन गरी पठाइएको हो । अध्यक्ष युबराज रेग्मी, सचिब पंचबिर चौधरी साथै कोषाध्यक्ष केशब भन्डारीको उपस्थितिमा नेपाल पठाइएको सो रकम लालमटीयाका तुल्सी राम मार्फत निर्माण समितिलाई हस्तान्तरण गरिने छ।

राप्ती समाज जापानका अध्यक्ष युबराज रेग्मीले सहयोग अभियानमा साथ दिनुहुने सबै सदस्यलाई धन्यबाद दिदै आगामी दिनहरुमा अरु सहयोग अभियानमा पनि यसरी नै साथ दिनु हुन अनुरोध गर्नु भएको कुरा समाजका उपाध्यक्ष मनराज बिश्वकर्माले जनाउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here