पोखरा–मुग्लिन राजमार्ग सडक चार लेन बनाइदै, रू. १९ करोड ५० लाख ऋण सहायता

147

काठमाडाैं /  एशियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ ।

विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो ।

भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पु¥याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।

८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडिबीका अनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ ।

कार्यक्रममा सुनार अमेरिकाज गट ट्यालेन्टमा समेत सहभागी हुने जानकारी गराइएको छ । यो विश्वकै चर्चित कार्यक्रम हो । उनले पर्यटन प्रवद्र्धनमा समेत भूमिका खेल्ने जनाइयो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले सुनारको खुलेर प्रशंशा गरे । उनले देशको प्रतिष्ठा राख्ने युवाहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका पूर्व आइजीपी सनत बस्नेतलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here