आर.आर. मा शिक्षिका श्रीमिला सुवाल, नेपाल भाषाका लागि प्रथम बर्षका १० विद्यार्थी आवश्यक

593

काठमाडाैं / बि.ए. तेस्रो बर्षमा नेपाल भाषा अध्यापनका निम्ति काठमाडौंको प्रर्दशनी मार्गस्थित रत्न राज्य लक्ष्मी (आर.आर.) क्याम्पसमा  शिक्षिकाको रुपमा श्रीमिला सुवाल नियुक्त भएको छ ।

अहिले  क्याम्पसमा कार्तिक २४ गते देखि शिक्षिका सुवालले बिहानी सत्रमा बि.ए. तेस्रो बर्षका निम्ति अध्यापन गराउँदै आइ रहेकि छिन् ।

भाषा, साहित्य क्षेत्रमा समेत विशेष योग्दान दिनु भएकि शिक्षिका सुवालले भनिन् ‘मातृ भाषा रहेसम्म मात्र सम्पूर्ण नेपालीहरुको अस्तित्व रहिरहन्छ त्यसमा पनि नेपालभासा देशलाई छुट्टै देश भनेर चिनाएका भाषा मध्ये एक हो । यस मातृभाषा संरक्षण अभियानमा सकृय रुपमा अभियान चलाइरहनु भएको अभियान्ताहरुले धेरै भन्दा धेरै दुखः गरी पुनः स्थापना गरी इतिहास कायम गरी नेपाल भाषा पढाइ अध्यापन गराउन सफल भयो ।

तसर्थ मातृभाषा लगायत नेपाल भाषाको सम्बद्धन, प्रर्वद्धन तथा विकासका निम्ति भाषा अनुरागी तथा शुभचिन्तकहरुले आ—आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने धारणा राखिन् ।

रत्न राज्य लक्ष्मी क्याम्पसका सहायक प्रमुख गोबिन्द आचार्यका जानकारी दिए अनुसार, नेपाल भाषा विषय पढनपाठनका निम्ति विद्यार्थीहरुलाई प्रशासनको तर्फबाट सहयोग गर्ने आश्वासन दिनु भयो ।

क्याम्पस प्रशासनको तर्फबाट विद्यार्थीहरुका लागि पुस्तकालयमा पाठयपुस्तक लगायत विविध सामग्रीको व्यवस्था गरिने जानकारी दिनु भयो ।

मातृ भाषा बचाउ तथा नेपाल भाषा अभियान्ताहरूले  जनाए अनुसार यदि देशमा रहेका सम्पुर्ण मातृभाषाहरूलाइ बचाउने हो भने सरकारको तर्फबाट अनिवार्य रूपमा ठोस् निति नियम नै लागु गर्नु पर्ने जनाउनु भयो ।

क्याम्पसमा नेपालभाषा कक्षा संचालनका लागि दश जना विद्यार्थीहरु भर्ना भएको खण्डमा मात्रै कक्षा सञ्चालन गर्न सकिने क्याम्पस प्रशासनले जानकारी दिएका छन् ।

अहिले  इतिहास, बिसीए., भूगाेल, बि.एस डब्लू, पत्रकारिता  लगायतका विषयहरूकाे पढाइ भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here