समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

190

बर्दिया / समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ गुलरिया नगरपालिका-७ स्थित हिमाली मावि चौगुर्जीको प्राङ्गणमा शुक्रबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया, स्थानीय तह, अन्तरपार्टी महिला संजाल तथा अन्य सरोकारवाला संस्थाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका उप-प्रमुख शुसिला गिरी, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, माईती नेपालका प्रतिनिधि, ओरेक नेपालका प्रतिनिधि, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, दलित महिला उत्थान संघका प्रतिनिधि लगायत स्थानीय तहका जनप्रतिनिधिहरु, स्थानिय भद्रभलादमी, बुद्धिजिवि, स्थानीय संचारकर्मी, समाजसेवी, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

साथै गुलरिया नगरपालिका-३ तेजिपुर, राजापुर नगरपालिका-१ सोनपुर, बाँसगढी नगरपालिका-४ बठुवा, ठाकुबाबा नगरपालिका-३ मिर्चैया, सोही नगरपालिका-७ स्थित वडा कार्यालय, बढैयाताल गाउँपालिका-७, सोही गाउँपालिका-८ पशुपतिबजार र बारबर्दिया नगरपालिका-८ दुदाहा चोकमा समेत उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालत बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले विशेष कार्यक्रमको रुपमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई ८ वटा स्थानिय तहका सबै वडाभित्र हिंसाबाट पीडित समूहलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम संचालन गर्दै आइरेहको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here