काठमाडौं / आज पुस १ गते अर्थात नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो पहिचान’ भन्ने नारासहित नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।
२०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै आजको दिनलाई राष्ट्रिय झण्डा दिवस रुपमा मनाइएको हो ।
दिवसका अवसरमा राष्ट्रिय धरोहर प्रतिष्ठान नेपाल र राष्ट्रिय पोशाक महाअभियान नेपालले माइतिघरबाट बबरमहलसम्म नेपाली झण्डा बोकी र्याली निकालिएको थियो ।


















