‘बाग्मती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन’ प्रदेश ३ को नाम नेवाः ताम्सालिङ माग

170

काठमाडौं / प्रदेश ३ को नाम नेवाः ताम्सालिङ प्रदेश राख्नुपर्ने भन्दै विभिन्न जातीय संस्थाहरु विरोधमा उत्रिएका छन् ।  प्रदेश ३ को नाम बाग्मती राख्न खोजेको भन्दै सोमबार काठमाडौंको माइतीघरमा  उनीहरुले प्रदर्शन  गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन भएको हो ।  बाग्मती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन, प्रदेश ३ लाई नेवाः ताम्सालिङ प्रदेश नामकरण गर भन्ने नारा लगाउँदै  विरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न जातीय संघस‌ंस्थाले  सोमबारदेखि प्रदेश ३ को प्रदेशसभा अधिवेशन सुरु हुन लागेकाले प्रदर्शन गरेका हुन् । प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here