काठमाडौं / पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछि अमेरिका लगायत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्याइए ।
नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो पुर्वसभामुख महरा वास्तवमा आफु सकिएरै भएपनि देशको अस्तित्व र अस्मिता बचाएका रहेछन् । स्वाधीन नेपालको गम्भीर असहमति हुनुपर्ने मुख्य बुँदा यहाँ प्रस्तुत गरिएको छ ।
महराले यस कारणले एमसीसी रोकेका थिए :
१) अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका लागि हो भन्ने कुरा अमेरिकाले आफै
छान्ने ।
२) एमसीसी लागू भएपछि अमेरिकाको एमसीसी परिचालन बोर्डलाई नेपालले स्वायत्त अधिकार सहित संबैधानिक मान्यता प्रदान गर्नुपर्ने ।
३) एमसीसी परियोजना संचालनमा नेपालले कुनै पनि चासो राख्न नपाउने , कुनै सोधपुछ नै गर्न नपाउने ।
४) एमसीसी परियोजनाको बौद्धिक सम्पत्ति अमेरिकाको हुने ।
५) रोजगारी पनि अमेरिका कै नागरिकले पाउने ।
६) एमसीसी परियोजना लागू भएका स्थानको जमिन, नदी , बन जेजे पर्छ सबै नेपालका सम्बन्धित मन्त्रालयले अमेरिकाको नाममा बनाइदिनुपर्ने ।
७)एमसीसी लागू भएको ठाउँमा अमेरिकाले आफ्नो परियोजनाको सुरक्षाका लागि अमेरिकी सेना राख्ने ।
८) एमसीसी परियोजनामा आवश्यक सम्पुर्ण सामग्री सबै अमेरिकाले नै किन्ने र नेपालले के किनेर लिएको भन्न पनि
नपाउने ।
९) अमेरिकाको परियोजनामा भारतको समर्थन अनिवार्य हुनुपर्ने ।
१०) नेपालका एमसीसी संग बाझिएका कानुन स्वत रद्द भइ अमेरिकाको कानुन लागू हुने ।

















