काठमाडौं / देशभक्ति भावना जगाउनका लागि राष्ट्रिय यूवा कविता प्रतियोगिता आयोजना हुने भएको छ । देशका युवा वर्गहरुलाई लक्षित गरी राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ ।
न्हुजः खलः को आयोजनामा हुन लागेको प्रतियोगिता आगामी फागुन ११ गते राष्ट्रिय सभा गृहमा हुनेछ ।
प्रतियोगितामा सहभागीता जनाउनका लागि ४० वर्ष नकाटेको नेपाली नागरिकले १ सय ५० शब्दमा नेपाली भाषामा कविता लेखि पठाउनुपर्ने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन देशभरबाट अनलाइनमार्फत् कविता सम्प्रेषण गर्न सकिने छ । साे कविता माघ २५ गतेसम्ममा पठाइसक्नुपर्ने छ । छानिएका कविता लेखकलाई आयोजकले सम्पर्क गर्ने अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार प्रदान गरिने छ भने दोस्रो र तेस्रो हुनेलाई क्रमश: ३० हजार र २० हजार प्रदान गरिने छ । त्यस्तै सान्त्वना पुरष्कार दुई जनालाई १०-१० हजार प्रदान गरिने छ ।
कविता प्रतियोगितामा सहभागी हुन www.nhuja.org लगईन गरी आफ्नो व्यक्तिगत एकाउन्ट बनाई सो मार्फत कविता सम्प्रेषण गर्नुपर्नेछ ।


















