काठमाडौं / दामनको एक होटलमा बेहोस अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । उनीहरुको निसास्सिएर मृत्यु भएको जनाइएको छ ।
नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले दिएको जानकारीअनुसार भारतको केरला क्षेत्रबाट नेपाल घुम्न आएका आठजना पर्यटकको मृत्यु भएको छ ।
हिटर तापेर सुतेका उनीहरु सबै बिहान अचेत अवस्थामा होटलमा फेला परेका थिए । दामनको एभरेष्ट पानारोमा होटलमा बसेका उनीहरु बिहान अचेत अवस्थामा फेला परेका थिए ।
उनीहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो । मृत्यु हुनेमा चार बालबालिका रहेको जनाइएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले रिसोर्टमा कोठामा हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने रासससँगको कुराकानीमा जनाएका छन् । पोखरा घुमेर उनीहरु सोमबार बेलुका सो रिसोर्टमा बास बस्न पुगेकाे रहेछ ।


















