सधैँ खुसी १० रहने टिप्सहरू

152

एजेन्सी / संसारमा भएका सबै कुरा यदि तपाईसँग भयो भने पनि तपाईलाई खुसी नै मिल्छ भन्ने ग्यारेन्टी छैन । तर जसको स्वास्थ्य स्वस्थ छ त्यसले बाँकि कुराहरुको चिन्ता गर्नै पर्दैन । किनभने स्वस्थ शरीरमा स्वस्थ मन अनि तेज दिमाख हुन्छ ।   जुन यस प्रकार रहेकाे  छः
१. कोहि पनि मानिसका लागि विहान नास्ता गर्नु शरीरको डाइटका लागि महत्वपूर्ण सावित हुन्छ । नास्ताले शरीर तथा दिमागलाई आवस्यक पर्ने पौष्टिक तत्व दिन्छ ।

२. यदि तपाई प्रत्येक बिहान नास्ता गर्नुहुन्छ भने शरीरको तौल नियन्त्रण राख्न सकिन्छ । साथै विहान नास्ता गर्नाले तपाईलाई ठीक समयमा भोक लाग्छ र खानाको समय पनि मिल्छ ।

३. कसैले आफ्नो तौल घटाउनका लागि खाना खान छोड्नुहुन्छ भने त्यसो नगर्नुहोस् । किनभने भोकै बस्दा तौल घटने नभएर बढ्न सक्छ ।

४. यदि तपाईमा मोटोपनको समस्या छ भने डायविटिज तथा उच्च रक्तचाप जस्ता रोगहरु मुख्य कारण बन्न सक्छन् । त्यसैले स्वस्थ रहनको लागि आफ्नो तौलमा नियन्त्रण गर्न सक्नुपर्छ ।

५. धेरै चिनी स्वास्थ्यका लागि हानिकारक सावित हुन सक्छ । त्यसैले चिनीबाट बनेका खानेकुराहरु साथै पेय पदार्थहरुको अत्याधिक सेवन कम गर्नु पर्छ । यसको अधिक सेवनबाट मोटोपन, हृदयरोग तथा कलेजोसँग जोडिने रोगहरुले सताउँन सक्छ ।

६. सोडाको एक बट्टामा १० सानो चम्चा चिनी प्रयोग गरिएको हुन्छ । एक रिपोर्टका अनुसार अमेरिकामा एक वयस्क प्रत्येक एक वर्षमा ५ सय क्यान चिनी खाने गर्छन् । जो स्वस्थ रहनको लागि राम्रो हुँदैन ।

७. युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धान कर्ताहरुले स्वस्थ जीवन जिउनका लागि चिनीबाट जति सकिन्छ त्यति टाढा रहन सललाह दिएका छन् ।

८. मासु धेरै खाँदा पनि स्वास्थ्यमा रोग उत्पन्न हुन सक्छ । त्यसैले शाकाहारी भोजन स्वास्थ्यका लागि उपर्युक्त हुन्छ ।

९. युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका अनुसन्धान कर्ताले बढ्दै गरेको उमेरमा मासु खानेहरुलाई धुम्रपानको असर भन्दा ४ गुणा धेरै क्यानसर हुने जनाएका छन् ।

१०. मासुबाट पाइने प्रोटिनले ट्यूमरलाई बढाउने गर्छ । त्यसैले यस्तो अवस्थामा बीन्स आदिबाट मिल्ने पेटिन खान आवस्यक हुन्छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here